समाचार

आर्थिक अभावमा उपचारबाट वञ्चित गजलकार दीर्घ टमट्टाका लागि सहयोगको अपिल

अछाम । साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोट निवासी गजलकार दीर्घ टमट्टा गम्भीर बिरामी परेपछि हाल सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचाररत छन्। चिकित्सकका अनुसार उनलाई नसासम्बन्धी जटिल समस्या देखिएको छ, जसका कारण शरीरका विभिन्न अङ्गहरू चल्न छाडेका छन्। डाक्टरको सल्लाहअनुसार उनको शीघ्र शल्यक्रिया (अपरेशन) गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण

पैरवी खबर

स्वर्गीय आमाको सम्झनामा शैक्षिक सामग्री वितरण, विद्यालयलाई डस्टबिन सहयोग

अछाम । साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानस्थित हंसवाहिनी माध्यमिक विद्यालय मा १५ जना जेहेन्दार तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सामाजिक अभियन्ता शंकर विष्टले आफ्नी स्वर्गीय आमाको सम्झनामा षष्ठमासिक पुण्यतिथिको अवसर पारेर विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयलाई डस्टबिन समेत सहयोग गर्नुभएको हो ।


पैरवी खबर
अतिक्रमित सार्वजनिक जग्गाको विवरण माग्दै साँफेबगर नगरपालिका

साँफेबगर — साँफेबगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा कार्यालयहरुलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालय साँफेबगरले वडा नं. १ देखि १४ सम्मका वडा कार्यालयहरुलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी विवरण नगरपालिकामा पेश गर्न आग्रह


पैरवी खबर
प्रदेश प्रमुखहरूको उपस्थिति र सतलोक आश्रम धनुषाको सहयोगमा जनकपुरमा न्यायिक महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

२०८३ वैशाख २६ गते शनिबार कानुन दिवसको अवसरमा उच्च अदालत जनकपुरको आयोजना तथा अस्थायी इजलास राजविराज र वीरगन्ज तथा नेपाल बार एसोसिएसन जनकपुरको सह आयोजनामा न्यायिक महोत्सव २०८३ भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा न्याय प्राप्ति सम्बन्धी नागरिकमा जनचेतना फैलाउने र प्रेरणा जगाउने उद्देश्यले बिहान उच्च अदालत जनकपुर देखि


पैरवी खबर
हरिनगर बजार व्यवस्थापन समितिको नयाँ कार्य समिति चयन

टेकबहादुर थापा अछाम । मंगलसेन नगरपालिका वडा न ६ मा रहेको हरिनगर बजार ब्यवस्थापन समितिको नयाँ समिति चयन गरिएको छ । शनिबार भएको साधारणसभा बाट युवा व्यवसायी प्रकाश भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा गोर प्रसाद भण्डारी, सचिव टेक बहादुर थापा, सहसचिव बिक्रम सिंह


पैरवी खबर
बयालपाटा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन, ट्रमा युनिट र रक्त सञ्चार केन्द्र सञ्चालनमा

अछाम । २०८२ साल भाद्र १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत आएको बयालपाटा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन गरिएको छ । एक विशेष कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अस्पतालको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहकै अवसरमा अस्पतालमा रक्त सञ्चार केन्द्र, ट्रमा युनिट स्थापना तथा चौथो


पैरवी खबर
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न

अछाम — “स्वस्थ समुदाय, समृद्ध समाज” भन्ने मूल नाराका साथ स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न भएको छ। बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ जयगढ स्थित सरस्वती माविका विद्यार्थीहरुबीच स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा “स्वास्थ्यका लागि व्यवहार परिवर्तन र हाम्रो भूमिका” विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।


पैरवी खबर
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम

साँफेबगर । न्यायीक समितिको काम, कर्तव्य र अधिकार तथा लैंगिक हिंसा निवारण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम नवाठानामा सम्पन्न भएको छ। साँफेबगर नगरपालिका न्यायीक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर ५ नवाठानाका अगुवाहरु, सरोकारवाला, महिला संजालका पदाधिकारी, दलित संजालका पदाधिकारी,युवा, टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि लगायतको सक्रिय सहभागितामा सचेतना


पैरवी खबर
कञ्चनपुरमा ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु

कञ्चनपुरमा ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु कञ्चनपुरः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्याउने सेवा सुरु गरेको छ। सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधवार जारी


पैरवी खबर
जिल्ला अस्पताल अछाममा निःशुल्क आँखा शिविर सञ्चालन हुने

अछाम — नेपाल नेत्रज्योति संघ तथा गेटा आँखा अस्पतालको आयोजनामा अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। शिविर आगामी २०८३ जेठ ५ र ६ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ। शिविरमा मोतिबिन्दु लगायत आँखासम्बन्धी विभिन्न रोगका बिरामीहरूको परीक्षण तथा आवश्यक


पैरवी खबर